दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी, एलजीबीटीआई समुदायविरुद्ध घृणास्पद अभिव्यक्तिको आरोप

१५ चैत २०८१ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। मायाको पहिचान नेपालले उनलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना फैलाएको र घृणास्पद अभिव्यक्ति दिएको आरोपमा उजुरी दर्ता गरेको हो।उजुरीमा प्रसाईले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र उक्त समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ। संस्थाले प्रसाईका अभिव्यक्तिको छानबिन, कानूनी कारबाही, र गलत सूचना रोक्न माग गरेको छ।

Advertisement 1

यसैबीच, दुर्गा प्रसाईं हाल काठमाडौंको तीनकुनेमा जारी राजावादी आन्दोलनमा सक्रिय छन्। उनलाई बिहीबार मात्रै ‘राजसंस्था पुनःर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को कमाण्डरको जिम्मेवारी दिइएको थियो। तर, उनीविरुद्ध उजुरी परेको खबर आज सार्वजनिक भएको हो। प्रसाईं यसअघि पनि पक्राउ परेर छुटेका थिए।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs