१५ चैत २०८१ काठमाडौं – काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति तनावग्रस्त भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसेका छन्।त्यसैगरी, राजावादीको एक समूहले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी (एस) को पार्टी कार्यालयमा तोडफोड गरेको छ। प्रदर्शनकारीले कार्यालयमा पुगेर ढुंगामुढा गरेका हुन्।
Advertisement 1
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकाशित : ३ हप्ता अगाडि