विदेशी शक्तिको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र : महासचिव बिप्लव

१५ चैत २०८१ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशी शक्तिहरूको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन्। शुक्रवारको शत्ति प्रदर्शनसभामा उनले भने, “नेपाली जनताले सामन्तवादी र अधिनायकवादी प्रवृत्तिहरूलाई पराजित गरेका छन्, तर केही प्रतिगामी तत्वहरू विदेशी शक्तिहरूसँग मिलेर गणतन्त्रविरुद्ध षड्यन्त्र गर्दैछन्।”चन्दले संविधान संशोधनका लागि सहमतिको आधारमा काम गर्नुपर्नेमा जोड दिँदै भने, “हामीलाई सामन्ती र अधिनायकवादी हर्कतका कुनै पनि प्रयास स्वीकार छैन। पुँजीवादीहरूले बलिदानबाट आएको परिवर्तन कब्जा गरेर शोषण गरिरहेका छन्।”

Advertisement 1

उनले राजतन्त्रको पुनरुत्थानको पक्षमा कुरा गर्नेहरुलाई चेतावनी दिँदै भने, “नेपालमा अढाई सय वर्षसम्म राजतन्त्रले के गरेको थियो? पञ्चायतमा बोल्न पाइँदैनथ्यो, कमैया, दलित र किसानमाथि दमन थियो। यदि फेरि राजतन्त्र फर्काउने प्रयास गरिन्छ भने, त्यो प्रयास पछुताउनुपर्ने छ।”

चन्दले प्रतिगामी शक्तिहरूलाई सचेत गर्दै थपे, “यदि यस्ता प्रवृत्तिहरूले देशमा पुन: सामन्तवाद ल्याउने प्रयास गरे, नेपाली जनता त्यसलाई अस्वीकार गर्नेछन्।”

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs