राजावादीको उग्र प्रदर्शन, माधव नेपालको निवासमा ढुंगामुढा

१५ चैत २०८१ काठमाडौं – राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राजावादी प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा आक्रमण गरेका छन्। अध्यक्ष नेपालको कोटेश्वरस्थित घरमा प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गरेका हुन्।यसअघि, उनीहरूले नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर आगजनी तथा तोडफोड गरेका थिए। राजधानीको तीनकुने क्षेत्रबाट सुरु भएको राजावादी आन्दोलन क्रमशः उग्र बन्दै गएको छ। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड र लुटपाट गरेका रिपोर्टहरू आएका छन्।

Advertisement 1

राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि प्रदर्शन हिंसात्मक बन्दै गएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs