१५ चैत २०८१ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा गरिएको प्रदर्शन र आमसभामा भएको हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले सरकारलाई हिंसामा संलग्नलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको छ।आयोगको अनुगमन टोलीका अनुसार तीनकुनेमा भएको आमसभा हिंसात्मक मोड लिएको थियो। प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर निषेधित क्षेत्र नयाँबानेश्वरतर्फ प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका, व्यक्तिका घरमा आक्रमण गरेका र आगजनी गरेका विवरण प्राप्त भएको छ।
Advertisement 1
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले अनुगमन टोलीमाथि पनि सांघातिक आक्रमण भएको बताउँदै, कोटेश्वरमा भएको आक्रमणमा आयोगका कर्मचारी घाइते भएको जानकारी दिए। उनले कुनै पनि बहानामा हिंसा र अरूको अधिकार हनन स्वीकार्य नहुने स्पष्ट पारे।
आयोगले हिंसात्मक घटनामा संलग्न जो-कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ।