१५ चैत २०८१ कोहलपुर, बाँके – मिति २०८१ साल चैत्र २ गते, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ८, बाबानगरस्थित नालामा ने१ह १५१९ नम्बर प्लेट रहेको अटो बेवारिसे अवस्थामा फेला परेको छ।
Advertisement 1
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार फेला परेको अटोको सम्बन्धमा कुनै व्यक्ति वा पक्षले दाबी गर्न चाहेमा आवश्यक कागजातसहित प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।
प्रहरीले उक्त अटोको वास्तविक धनी पत्ता लगाउने प्रयास गरिरहेको छ र केही समयभित्र नै आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
Advertisement 2
अटो धनी वा सम्बन्धित जानकारी भएकाले इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेमा तुरुन्तै सम्पर्क राख्न सक्नेछन्।
प्रकाशित : ३ हप्ता अगाडि