कोहलपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिपक शाही १४ चैत २०८१ कोहलपुर (बाँके) – इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले आज पूर्व प्रहरी कर्मचारी, अशक्त तथा अमर प्रहरी परिवारसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले पूर्व प्रहरीहरूका योगदानको उच्च प्रशंसा गर्दै प्रहरी संगठन सधैं उनीहरूसँग समन्वयमा रहने प्रतिबद्धता व्यक्त गरे।

Advertisement 1

४५ जना सहभागी रहेको कार्यक्रममा, पूर्व प्रहरी कर्मचारीहरूप्रति गरिने व्यवहार, सेवा प्रवाह, सूचना आदान-प्रदान तथा संगठनसँग जोडिएका विभिन्न विषयमा छलफल भएको थियो। सहभागीहरूले आफ्ना अनुभव तथा सुझाव प्रस्तुत गर्दै यस्ता कार्यक्रमले पूर्व प्रहरी र प्रहरी संगठनबीचको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे।

इलाका प्रहरी कार्यालय कोहलपुरले भविष्यमा पनि यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs