नेकपा बहुमत द्वारा मिटरब्याजी आरोपित एक दम्पतीको नाम काटियो

सुरक्षा सम्बादाता ०६ मङ्सिर २०८१ घोराही। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) का काकार्यकर्ताहरुले मिटरब्याजी आरोपित एक दम्पतीको नाम काटिदिएका छन् ।

Advertisement 1

दाङको घोराहीउपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमरले बताएका हुन् ।
बिहिबार बिहान सर्वसाधारणको घरघर मागएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाही गरेको जनाएका छन् ।

उनकाअनुसार घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाम समातेर चक्कुले उनीहरुको नाक काटिएको छ ।

Advertisement 2

नेकपा बहुमतले बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाही गरेको जनाएको छ । गत साउन महिना  बस्नेत दम्पतीलाई दाङ प्रहरीले  मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो ।

जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले मुद्धा हाल्ने काम गरेको, हुण्डी कारोबारमा संलग्न रहेको, मिटर ब्याजमार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण जनकारबाही गर्न परेको नेकपा बहुमतले एक बिज्ञप्ति मार्फत जनाएको छ ।।

Advertisement 3

 

बिज्ञप्ती हेर्नुहोस;

प्रकाशित : २ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs