विप्लवले तीनकुने घटनाका दोषीलाई कडा कारबाहीको माग गरे

१६ चैत २०८१काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।शनिबार जारी विज्ञप्तिमा उनले तीनकुनेमा आयोजित विरोध सभाको आडमा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने, आगजनी गर्ने र अराजकता मच्चाउने समूहलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।

Advertisement 1

राजावादीलाई अराजकताको आरोप

विप्लवले शुक्रवार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको विशाल जनसभामा सहभागीहरूप्रति आभार व्यक्त गर्दै सोही दिन तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई अराजकता फैलाउने नियोजित प्रयासको संज्ञा दिएका छन्।

Advertisement 2

‘राजावादी—प्रतिगमनकारी तत्वहरूले तीनकुनेमा विरोध सभाको बहानामा भिड जम्मा पारेर विध्वंस मच्चाउने कार्य गरे,’ विज्ञप्तिमा उल्लेख छ। उनले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय तथा जिल्ला कार्यालय, अध्यक्ष माधव कुमार नेपालको निवास, भाटभटेनी सुपरमार्केट, कान्तिपुर र अन्नपूर्ण मिडिया हाउस लगायतका निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी गरिएको घटनालाई निन्दनीय भन्दै दोषीलाई तत्काल कारबाहीको माग गरे।

प्रहरी प्रशासनको ढिलासुस्तीप्रति प्रश्न

Advertisement 3

विप्लवले घटनाको बेला लामो समयसम्म प्रहरी प्रशासन नपुगेकोमा पनि आपत्ति जनाएका छन्। ‘यस्तो संवेदनशील घटनाको बेलामा सुरक्षा निकाय किन ढिला पुग्यो? यसको छानबिन हुनु आवश्यक छ,’ उनले भने।

उनले हाल देश राजनीतिक अस्थिरता, आर्थिक संकट, भ्रष्टाचार र विदेशी हस्तक्षेपको चपेटामा परेको दाबी गर्दै यस्ता परिस्थितिमा प्रतिगमनकारी तत्वहरूलाई बढावा मिल्ने खतरा रहेको उल्लेख गरे।

समाजवाद नै निकास भएको दाबी

‘देशको समस्या प्रतिगमनबाट समाधान हुँदैन, न त दलाल पुँजीवादी प्रवृत्ति र संसदीय व्यवस्थाले नै निकास दिन सक्छ,’ विप्लवले भने, ‘नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादी व्यवस्था नै समाधान हो।’

उनले नेपाली जनतालाई प्रतिगमनकारी एवं यथास्थितिवादी शक्तिहरूविरुद्ध संघर्ष गर्दै समाजवादतर्फ अघि बढ्न विशेष अपिल समेत गरे।

तीनकुनेमा झडप, २ को मृत्यु, सय बढी घाइते

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गरेकै दिन राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएका थिए। तर, प्रदर्शन अघि नै अराजक स्थिति सिर्जना भएपछि झडप भएको थियो।

झडपमा परी एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ भने ११० जना घाइते भएका छन्। समाजवादी मोर्चाको सभा शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि तीनकुनेको घटनाले ठूलो धनजनको क्षति निम्त्याएको छ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs