१६ चैत २०८१ काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा तोडफोड र फोहोर गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ।
Advertisement 1
दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजसंस्था पुनर्स्थापनाका समर्थनमा राजावादीहरुले तीनकुनेमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको महानगरपालिकाले जनाएको छ।महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐनअनुसार जरिवाना लगाएको हो। यस सम्बन्धमा पूर्वराजा शाहलाई ८ वटा पत्र पठाइएको छ।
यसअघि, प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंले बिहीबार निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए।
प्रकाशित : ३ हप्ता अगाडि