१६ चैत २०८१काठमाडौं – कार्यालय समयमा ढिलो पुग्ने प्रहरी कर्मचारीको नामावली प्रहरी मुख्यालयलाई दैनिक रूपमा पेश गर्न निर्देशन दिइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयले मातहतका सबै विभागलाई परिपत्र जारी गर्दै समयपालनामा कडाइ गर्न आदेश दिएको हो।सचिवालयले प्रहरी कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक दुरुस्त प्रयोग गर्न र अनुशासनको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। प्रहरी महानिरीक्षक दिपक थापाले पदबहाली गर्दा नै प्रहरीको पोशाक, अनुशासन र समयपालनाबारे विशेष ध्यान दिनुपर्ने बताएका थिए।
Advertisement 1
परिपत्रमा उल्लेख गरिएको छ, “अबदेखि प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीले समयपालना, पोशाकको सही प्रयोग र अनुशासनको पूर्ण पालना गर्ने व्यवस्था मिलाउनुहोला।”
त्यसैगरी, आदेश पालनाको क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार भएमा तत्काल कानूनी कारबाहीका लागि सचिवालयमा प्रतिवेदन पठाउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।