१७ चैत २०८१ सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः हिंसा र अशान्ति मच्चाउन सक्ने चेतावनी दिएका छन्।
Advertisement 1
सिन्धुलीको दुधौलीमा आयोजित माओवादी नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चैत १५ गते तिनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए।
“आफ्नै घरमा भयानक हत्याको मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न कुनै हिचकिचाहट मान्दैनन्। ज्ञानेन्द्रलाई छुट दिनुहुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ। सबै राजनीतिक दलले पनि यो मान्यता राखेका छन्,” उनले भने।
Advertisement 2
उनले अब पूर्वराजा ज्ञानेन्द्रलाई स्वतन्त्र रूपमा छाड्न नहुने धारणा राख्दै राजनीतिक दलहरू एकजुट भएर सशक्त रूपमा अघि बढ्नुपर्ने बताए।