०६ मंसिर २०८१ कोहलपुर ; दर्ता भएका अटोरिक्सा / ईरिक्सा नविकरण नभएपछी यातायात ब्यवसायी द्वारा का बा नगरप्रमुख सुवेदी लाई ज्ञापन बुझाएका छ्न। बाँकेको कोहलपुर नगरपालिका क्षेत्राधिकार भएर संचालन हुँदै आएका अटोरिक्सा / ईरिक्सा दर्ता भएका तर पुन नविकरण नभएपछि सम्बद्ध यातायात ब्यवसायिले ज्ञापनपत्र बुझाएका छन । आफुहरुले नगरपालिका संग पटकपटक ब्यवस्थापन र दर्ता संगै नविकरणका विषयमा रहेर छलफल गर्दा पनि आफुहरुलाई वेवास्ता गरेकोले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउन बाध्य भएको ब्यवसायिको तर्क छ। यधपी स्थानीय सरकारले कोहलपुर नगरपालिका भित्र क्षेत्र भएर संचालनमा रहेका अटोरिक्सा / ईरिक्सा यातायात ब्यवस्था कार्यालय नेपालगन्जमा दर्ता भएका साधनको नविकरण भएको तर यातायात ब्यवस्था कार्यालय नेपालगन्जमा दर्ता नभएका साधनको नविकरण भएको नगरपालिकाले जनाएको छ। यता ब्यवसायिले भने नगरपालिकाको नियम बमोजिम दर्ता गर्ने अहिले आएर नविकरण नगर्दा राजस्वमा आफुहरुलाई भार पर्ने उनुहरुको तर्क छ। नगरपालिकाले दर्ता गर्दा प्रती रिक्सा रु१५०० को दरले राजस्व लिएको भएपनी अहिले नविकरणमा कहिले प्रदेशको नियम संग बाँझिने त कहिले नेपालगन्ज उपमहानगरपालिकामा प्रक्रिया बुझ्ने भन्दै पटकपटक टार्दै आएकोले आफुहरुलाई समस्या भएको ब्यवसायिको तर्क छ । बिहिवार बुझाइएको ज्ञापनपत्र ई- रिक्सा मजदुर संगठनका अध्यक्ष विनोद मल्ल ,कोहलपुर यातायात सेवा प्रा लि का अध्यक्ष हुम बहदुर घर्ती ,उपाध्यक्ष नन्द प्रसाद पौडेल ,जिफन्टका नगर अध्यक्ष शान्तिराम गुरागाँइको उपस्थितिमा काबा नगर प्रमुख सुवेदीलाई बुझाइएको हो ।