नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश अन्तर्गत बाँके जिल्लाको तेस्रो बैठक सम्पन्न

बाँके, २०८१ चैत्र १९ – अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश अन्तर्गत बाँके जिल्लाको तेस्रो बैठक महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा आयोजित गरिएको छ। बैठकको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष डी बी परियारले गर्नुभएको थियो।बैठकमा प्रमुख आतिथ्यका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का पी बी एम तथा बाँके जिल्ला इञ्चार्ज सङ्घर्ष उपस्थित हुनुहुन्थ्यो। विशिष्ट आतिथ्यको भूमिका रमेश सुनार, संगठनका सचिव तथा कर्णाली र सु.प प्रदेश इञ्चार्जले निभाउनुभएको थियो।

Advertisement 1

यस बैठकमा संगठनका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका संयोजक भरत परियारको आतिथ्यतामा महत्त्वपूर्ण निर्णयहरु गरिएको छ। बैठकले आम विद्यार्थी र राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धित मुद्दाहरूमा संगठनको नेतृत्वमा संयुक्त विद्यार्थी आन्दोलन संचालन गर्नका लागि आवश्यक पहलकदमी लिने निर्णय लिएको बताइएको छ ।

बैठकको आयोजनाले संगठनलाई अझ मजबुत बनाउने र आगामी योजनाहरुको सफलता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs