कोहलपुरमा प्रहरी सेवामा सुधार: QR कोडमार्फत जनगुनासो बुझ्न नयाँ पहल

कोहलपुर, १९ चैत २०८१: आज मिति २०८१।१२।१९ गते, ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको सक्रियतामा कोहलपुर नगरपालिका, राप्तिसोनारी र बैजनाथ गाउँपालिका लगायत अन्य यस क्षेत्रका सबै वडाहरूमा प्रहरी सेवाको प्रभावकारिता र पारदर्शिता सुधार गर्न एक नयाँ पहल सुरू गरिएको छ।प्रहरी सेवामा सुधार ल्याउनका लागि नयाँ QR कोड प्रणाली लागू गरिएको छ। यस प्रणाली अन्तर्गत, प्रहरीले जनताको सेवा अझ छिटो, छरितो र निष्पक्ष बनाउन प्रयास गरेको छ। साथै, जनताले कुनै पनि गुनासो वा प्रतिक्रिया प्रहरी सेवा सम्बन्धी पठाउन चाहेको खण्डमा, QR कोड स्क्यान गरेर सजिलैसँग आफ्नो गुनासो सम्बोधन गर्न सक्नेछन्।

Advertisement 1

महत्त्वपूर्ण कुरा भनेको, गुनासो पठाउने व्यक्तिको नाम गोप्य राखिने हो, जसले गर्दा नागरिकहरूलाई कुनै डर वा लाज बिना प्रहरी सेवामा सुधारका लागि आवाज उठाउन प्रोत्साहित गरिएको छ।

प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार, यस पहलको उद्देश्य प्रहरी सेवामा पारदर्शिता र जनविश्वास वृद्धि गर्नु हो, जसबाट स्थानिय नागरिकहरूलाई अझ राम्रो र प्रभावकारी सेवा उपलब्ध गराइनेछ।

प्रकाशित : ३ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs