सुरक्षा संवाददाता
२० चैत २०८१ कोहलपुर ; इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीको कडा एक्सनमा भारतीय ग्याङस्टार लरेन्स विश्नोईको नाममा ८ करोड नेपाली रुपैया फिरौती माग्ने एक युवकलाई कोहलपुर प्रहरीले पक्राउ गर्न सफल भएको छ।
सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका–७ काठेघारीका स्थायी बासिन्दा ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई ८ करोड नेपाली रुपैया फिरौती माग गर्नुका साथै विभिन्न ठगी लगायतअरोपका आधारमा उनलाई बाँकेको कोहलपुर नगरपालिका -५ बाट पक्राउ गरेको हो। बाँकेको कोहलपुर नगरपालिका -५ मा डेरा गरी बस्दै आएका बिसीले भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गर्ने गरेको साथै विभिन्न ठगीलगायत आरोपका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
बिसिले सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउने समेत गरेको प्रहरीले बताएको छ। पक्राउ परेका बिसि विरुद्ध विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट मुद्दा चलेको थियो। भने विसं २०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौं (हाल जिल्ला प्रहरी परिसर)बाट उनी विरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । बिसिले एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राखी बन्धक बनाएर धम्क्याएर फिरौती असुलेको आरोप रहेको छ भने उनलाई कर्तव्य कसुरमा पनि मुद्दा चलाइएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप
पनि उनलाई लागेको छ । विसं २०६४ चैत २७ मा सुर्खेत जिल्लको क्षेत्र नम्बर -३को संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या संग जोडिएर इलाका प्रहरी कार्यालय छिन्चुबाट बिसीविरुद्ध मुद्दा चलेको थियो। त्यस्तै विसं २०६५ चैतमा भएको द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनी विरुद्ध काठमाडौंबाट मुद्दा चलेको बताउदै यसबाहेक पनि धेरै घटनामा बिसि संलग्न रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख भण्डारीले जानकारी दिनुभएको छ।
डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ
प्रकाशित : २ हप्ता अगाडि