प्रेमिकासँग प्रेम सम्बन्ध बिग्रियो, साथीलाई अश्लील भिडियो पठाए ! अनि पक्राउ

२१ चैत २०८१ काठमाडौँ: सामाजिक  सञ्जालको दुरुपयोगको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले सिराहाको धनगढी नगरपालिका ७ गोलबजार स्थायी घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार पक्राउ गरेको हो ।साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा केटी साथीका अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट गरेको, पीडितका आफन्तलाई धम्क्याएको र मानसिक पीडा पुर्याएको आरोप लागेको छ। यस आधारमा पीडितले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।साफीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले उनलाई अनुसन्धान गर्न थालेको छ ।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs