तीनकुने घटनाको छानविन जारी, अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह

काठमाडौँ, २२ चैत्र २०८१ – राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले हालै काठमाडौँको तीनकुनेलगायतका क्षेत्रमा भएको घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। आयोगले अनुसन्धान कार्यमा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

Advertisement 1

आयोगका अनुसार २०८१ चैत्र १५ गते घटित घटनाका सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल र केही समाचार माध्यमहरूमा आएका टिप्पणीप्रति ध्यानाकर्षण गरिएको छ। आयोगले घटनाको दिन नै अनुगमन टोली खटाएर प्रारम्भिक जानकारी सार्वजनिक गरिसकेको थियो। घटनाबाट भएका क्षति तथा मानव अधिकार उल्लङ्घनका विषयमा थप उजुरी तथा ज्ञापनपत्रहरू आयोगमा प्राप्त भएका छन्।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै आयोगले घटनाको दिनदेखि नै अनुसन्धान टोली परिचालन गरी छानविन गरिरहेको जानकारी दिएको छ। अनुसन्धानका क्रममा आवश्यक परे विशेषज्ञहरूको समेत सहयोग लिइने आयोगले जनाएको छ।

Advertisement 2

यसै क्रममा, आज आयोगका माननीय सदस्य मनोज दुवाडी सम्मिलित टोलीले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भेट गरेको छ। सुवेदीलाई बिना पूर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको छ। त्यस्तै, टोलीले प्रहरी हिरासतमा रहेका अन्य व्यक्तिहरूको अवस्था र घटनामा घाइते भएकाहरूको उपचार अवस्थाबारे विभिन्न अस्पतालहरूमा जानकारी लिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान कार्यलाई सहज बनाउन सबै सम्बद्ध पक्षहरूलाई सहकार्य गर्न आग्रह गरेको छ।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs