रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेश

२२ चैत २०८१ काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।

Advertisement 1

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रूपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

यसअघि रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा रिहा गरेको थियो। सो आदेशविरुद्ध परेको पुनरावलोकन निवेदनमा बिहीबारदेखि सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

Advertisement 2

सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग लगाइएको छ। जीबी राई भने अझै फरार छन्।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs