
दिपक शाही २२ चैत २०८१ बाँके । सशस्त्र प्रहरीले नेपालगन्ज भन्सारबाट ठूलो परिमाणमा नीलो रेडबुल बरामद गरेको छ।
Advertisement 1
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनहाबाट खटिएको टोलीले आज दिउँसो ३६५ पिस नीलो रेडबुल बरामद गरेको सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी, बाँकेले जानकारी दिएको छ।
सशस्त्र प्रहरीको टोलीले भारतको रुपइडिहाबाट कारको डिक्कीमा अवैध रूपमा तस्करी गरेर ल्याउँदै गरिएको ३६५ पिस नीलो रेडबुल बरामद गरेको हो।सशस्त्र प्रहरी बल नं. ३० गणका अनुसार बरामद गरिएको रेडबुलको अनुमानित मूल्य ९५ हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उक्त रेडबुल नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ।
प्रकाशित : २ हप्ता अगाडि