
२३ चैत २०८१ कोहलपुर: बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित सल्ल्यानी टोलमा कर्तव्य गरी हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मंसिर २१ गते राति करिब १०:२० बजे सो स्थानमा दुर्गा बहादुर पुन मगरमाथि भएको आक्रमणको घटनामा संलग्न आरोपी राजु सुनारलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो।
Advertisement 1
प्रहरीका अनुसार, २३ वर्षीय छोटु भन्ने राजु सुनारले आपसी विवादका क्रममा पुनमाथि धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए। गम्भीर अवस्थामा रहेका पुनलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
हत्या पछाडि फरार रहेका सुनारलाई प्रहरीले मंसिर २२ गते राति करिब ३:०० बजे कोहलपुर–७ स्थित झाडीमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। प्रहरीले घटनामा प्रयोग भएको हतियारसहित अनुसन्धान अघि बढाएको जनाएको छ।बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।