नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा

सुरक्षा सम्बादाता ०६ मङ्सिर २०८१ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी माघ ४ गतेदेखि नवौं महाधिवेशन गर्ने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गरेको हो।

Advertisement 1

पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले महाधिवेशनमा वैचारिकरूपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् ।

Advertisement 2

बास्तोलाले दलाल संसदीय पुँजीवादी व्यवस्थाकै कारण जनतामाथि वित्तीय शोषण, जनताको सम्पत्तिको दोहन, मिटर ब्याजविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बैठकले निर्णय गरेको समेत जानकारी दिए। अर्को प्रसंगमा महासचिव बास्तोलाले अहिलेको व्यवस्था संकटमा परेको बताउँदै समाधानको लागि स्वाधीन संयुक्त सरकार विकल्प भएको बताए।

लिपुलेकका सन्दर्भमा चीन र भारतबीच भएको समझदारी खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको बास्तोलाले ध्यानाकर्षण समेत गराए। त्यस्तै बहुमतले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खारेज गर्नसमेत माग गरेको छ।

प्रकाशित : ५ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs