शिक्षक महासंघद्वारा देशव्यापी अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

२२ चैत २०८१ काठमाडौं– नेपाल शिक्षक महासंघले देशभर अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ। राजधानी केन्द्रित पाँच दिने आन्दोलनपछि महासंघले आइतबार बिहान विज्ञप्ति जारी गर्दै सोमबार (चैत २३) देखि सम्पूर्ण देशमा शैक्षिक हड्ताल गर्ने निर्णय सार्वजनिक गरेको हो।

Advertisement 1

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सम्पूर्ण शैक्षिक गतिविधि रोक्ने जानकारी दिँदै सबै शिक्षक र कर्मचारीलाई हड्ताल सफल पार्न आग्रह गरिएको छ।

सरकारसँग विभिन्न माग राख्दै शिक्षक महासंघ गत माघ २० गतेदेखि आन्दोलनमा छ। आन्दोलनको क्रममा महासंघ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्दै आएको थियो। तर, सरकारबाट सकारात्मक प्रतिक्रिया नआएपछि अब देशव्यापी शैक्षिक हड्तालमा जाने निर्णय गरिएको हो।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs