जनक शिक्षाको किताब गोदाममै थन्कियो, कर्णालीका विद्यालय संकटमा

२५ चैत २०८१ काठमाडौं । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक नपुग्ने सम्भावना देखिएको छ। जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयले किताब समयमै उपलब्ध गराए पनि विक्रेताले समयमा खरिद नगरेकाले यस्तो अवस्था आएको हो।

Advertisement 1

प्रदेश गोदाममा हाल २५ हजार सेटमध्ये १७ हजार किताब थन्किएका छन्। जनक शिक्षाले समयमै किताब छापेर स्टोर गरे पनि विक्रेताहरू आउन नखोज्दा गोदाममै थन्किनु परेको हो।

जनक शिक्षाले निजी क्षेत्रलाई दोष लगाउँदै पुरानो स्टक देखाएर कमिसन बढी दिने प्रलोभनमा परेर विक्रेताले आफूहरूबाट किताब नलिएर निजी छापाखानाबाट किताब बिक्री गरेको आरोप लगाएको छ। सरकारले कक्षा १ देखि ५ सम्मका किताब जनक शिक्षाबाट छपाउने निर्णय गरे पनि निजी क्षेत्रले पनि ती किताब छापेर वितरण गरिरहेको छ।कर्णाली प्रदेश कार्यालयका प्रमुख भैरवबाबु पन्तका अनुसार हालसम्म जम्मा ६६ प्रतिशत मात्र किताब बिक्री भएको छ। स्थानीय तहहरूले विक्रेतालाई रकम दिएर किताब ढुवानी गराउने गरेका छन्। तर, डोल्पाजस्ता जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरु हुने भए पनि अहिलेसम्म किताब पुग्न सकेको छैन।

Advertisement 2

मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले भने सुर्खेतबाट किताब खरिद गर्दै आएका छन्। जनक शिक्षाले जिल्लाअनुसार कमिसन उपलब्ध गराउँदै आएको भए पनि किताब ढुवानीमा ढिलाइ हुँदा विद्यार्थीहरू पुस्तकविहीन हुने सम्भावना बढेको छ।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs