
२५ चैत २०८१ कोहलपुर, बाँके – राज्यको दमनबाट २ जनाको ज्यान गएको घटनापछि सुरु भएको आन्दोलन अझै रोकिएको छैन। राप्रपाका नेताद्वय रविन्द्र मिश्र र डा. धवल शम्शेर राणा सहित अन्यको हिरासतप्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त आन्दोलन परिचालन समिति, बाँकेले आन्दोलनलाई अझ सशक्त बनाउँदै आएको छ।समितिले भोलि चैत्र २६ गते बिहान ८ बजेदेखि कोहलपुर चौराह केन्द्र बनाई पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग बन्द गर्ने घोषणा गरेको छ।
समितिले राजनीतिक आस्थाका बन्दीहरूको तत्काल र बिना सर्त रिहाइको माग गर्दै सबै सरोकार निकाय, यातायात व्यवसायी, र आम नागरिकहरूलाई यस शान्तिपूर्ण आन्दोलनमा पूर्ण सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ।
यसअघि पनि चैत्र १५ गतेको घटनाले देशभर चासो र बहसको विषय बनिरहेको छ। आन्दोलनरत पक्षले भनेको छ कि जबसम्म बन्दीहरू रिहा हुँदैनन् र दोषीहरू कारबाहीमा पर्दैनन्, आन्दोलन रोकिने छैन।
प्रशासनले भने सुरक्षालाई प्राथमिकता दिँदै शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको जनाएको छ।
Advertisement 1
बिज्ञप्ति;