नगर स्तरीय फुटबल प्रतियोगिता: वडा नं.–४ र वडा नं.–२ विजयी

२०८१ कोहलपुर, २५ चैत – कोहलपुर नगरपालिका–८ स्थित झरकट्टी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको नगर स्तरीय फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत आजको खेलमा वडा नम्बर–४ र वडा नम्बर–२ को टिम विजयी भएका छन्।

Advertisement 1

आजको खेलमा वडा नम्बर–४ ले वडा नम्बर–६ लाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको छ। विहान ८ बजेबाट सुरु भएको खेलमा निर्धारित समयमा गोलरहित बराबरी रह्यो, त्यसपछि पेनाल्टी सुटआउटबाट वडा नम्बर–४ ले विजय हासिल गर्‍यो।

दोस्रो खेलमा, वडा नम्बर–२ ले वडा नम्बर–११ लाई ३–० गोलले हरायो। खेलको २९औं मिनेटमा विपिन सिजालीले पहिलो गोल गरेका थिए र ५७औं मिनेटमा पुनः अर्को गोल गरे। त्यसपछि, ६१औं मिनेटमा विनोद शाहीलले तेस्रो गोल गरेर वडा नम्बर–२ को जित सुनिश्चित गरे।

Advertisement 2

वडा नम्बर–११ को टिमले थुप्रै अवसर पाएपनि गोल गर्न असफल भयो, र प्रतियोगिता कोहलपुर नगरको फुटबल प्रेमीहरूको लागि निकै प्रतिस्पर्धात्मक बन्यो।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs