सुरक्षा सम्बादाता ०६ मङ्सिर २०८१ काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी पुनर्गठनको ११ औँ वर्ष राष्ट्रिय उत्सवको रूपमा मनाउने भएको छ । नेकपाले पार्टी पुनर्गठन भएको मङ्सिर ८ गतेलाई सी संस्कृतिको ऐतिहासिक राष्ट्रिय उत्सवको रूपमा मनाउन लागेको हो ।
Advertisement 1
भृकुटीमण्डपमा आयोजना गर्न लागिएको बृहत् उत्सव सभालाई पार्टी महासचिव विप्लव सीले सम्बोधन गर्ने बताईएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अवस्था एकपछि अर्को खस्किँदै डरलाग्दो अवस्थामा पुगेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्र अभ्यासको पहिलो पाँच वर्षमै देश र नेपाली जनताको अवस्था सङ्कटग्रस्त बन्न पुगेको चित्रण गरेका छन् ।
पार्टी पुनर्गठनबारे विज्ञप्तिमार्फत जानकारी दिँदै प्रकाण्डले लेखेका छन्– ‘देशको अवस्था एकपछि अर्को खस्किँदै डरलाग्दो अवस्थामा पुग्दैछ । दलाल पुँजीपति वर्ग, दलाल संसदीय व्यवस्था र यसका सञ्चालकहरूले इतिहासमा पहिलोपल्ट जनताबाट निर्वाचित ऐतिहासिक संविधान सभाबाट नेपाली जनताको संविधान बनाउने गहन जिम्मेवारीका विरुद्ध पहिलो संविधानसभाको विघटन गरी राष्ट्र र नेपाली जनताको टाउको माथि थोपरेको प्रतिक्रान्तिमा पर्दा हाल्न नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जामा पहिराए पनि संविधान जारी भै प्रयोग भएको ७ वर्ष र त्यसद्वारा निर्देशित सङ्घीय लोकतान्त्रिक गणतन्त्र अभ्यासको पहिलो पाँच वर्षमै देश र नेपाली जनताको अवस्था सङ्कटग्रस्त बन्न पुग्यो ।’
Advertisement 2
उनले देश निर्माणको दक्ष श्रम शक्ति र पुँजीसँगै पलायन भएको, दलाल संसदीय राजनैतिक क्षेत्र घृणा एवम् आक्रोशको वस्तु बनेको, राष्ट्रिय अर्थतन्त्र सङ्कटग्रस्त भएको, भ्रष्टाचार, कमिसन, कालोबजारी, सहकारी ठगी, मिटरब्याजी लुट, सामाजिक असुरक्षा, जनजीविका कहालीलाग्दो अवस्था रहेको जनाएका छन् ।
शनिवार आयोजना गर्ने सभामा देशको वर्तमान अवस्थाको विश्लेषण र यसको वैज्ञानिक समाधानसम्बन्धी पार्टीको विचार अगाडि सार्ने प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए।
Advertisement 3
नेकपाले शुक्रवार साँझ दीपावली गर्ने, आठ गते १२ बजे सुन्धाराबाट सुरु हुने र्याली शान्ति वाटिका, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । २०७९ साल असार ९ गते तत्कालीन नेकपा एमाओवादीबाट उपाध्यक्ष मोहन वैद्यसँगै अलग भएका विप्लवले २०७१ सालमा पार्टी पुनर्गठन गरेका थिए ।।।