बैजनाथ गाउँपालिकामा कुटपिटबाट एक वृद्धको मृत्यु, एक जना पक्राउ

२०८१ बाँके, चैत २५ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२, गुनापुरमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। २०८१ साल चैत २४ गते राति करिब ९:२० बजे गुनापुरस्थित भित्री सडकखण्डमा भएको कुटपिटका कारण ६३ वर्षीय मुसुवा थारुको ज्यान गएको हो।

Advertisement 1

प्रहरीका अनुसार, सोही स्थानका २४ वर्षीय लौटन थारुले पुरानो रिसिइबीको कारण बाटोमा साइकल चलाइरहेका मुसुवा थारुलाई रोकी लात्ती, मुक्का र ढुंगा प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका थारु अचेत अवस्थामा फेला परेपछि उनलाई तत्काल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो। उपचारको क्रममा सोही राति १२:५० बजे उनको मृत्यु भएको हो।

घटनापछि फरार रहेका अभियुक्त लौटन थारुलाई प्रहरीले मिति चैत २५ गते राति निजकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरिएको छ।यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs