
२६ चैत २०८१ कोहलपुर, बाँके —कोहलपुर चौराहमा राजावादीहरुले आन्दोलन गरेका छन्। आन्दोलनको क्रममा युवराज शाहीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Advertisement 1
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाडौँको तिनकुनेमा भएको प्रदर्शन र आफ्ना नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधस्वरूप आज बिहानदेखि आन्दोलन गरिएको हो। आन्दोलनकै क्रममा प्रहरीको ठूलो उपस्थिति रहेको र केही व्यक्तिहरूलाई पक्राउ समेत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जनाएका छन्। अन्य पक्राउ परेका व्यक्तिहरूको नाम भने संकलन नभएको उल्लेख गरिएको छ।
नेपाल प्रहरीले सवारी साधन सञ्चालनमा अवरोध नहोस् भनेर सडकको छेउमा आन्दोलनकारीहरूलाई सार्ने र यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ।राजावादी नागरिक समाज बाँकेको आयोजनामा आज बिहान ८ बजेदेखि कोहलपुर चौराहमा सवारी साधनको आवागमन अवरुद्ध पारिएको छ। आन्दोलनकारीहरूले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण आवागमन बन्द गराउने योजना बनाएका छन्।