
२०८१ काठमाडौं, बैशाख २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति व्यङ्ग्य गर्दै ‘धेरै हिरो’ नबन्न आग्रह गरेका छन्।
Advertisement 1
सोमबार राजधानीमा आयोजित पार्टीको विशेष भेलामा बोल्दै अध्यक्ष लिङ्देनले कार्यक्रमपछि उत्पन्न हुने फोहोरको जिम्मेवारी पार्टीले आफैं लिने बताए।
“बालेनजीलाई धेरै हिरो भएर आजको कार्यक्रमको फोहोर गरेको जरिवाना पत्र नदिनका लागि आग्रह गर्दछु,” अध्यक्ष लिङ्देनले भने, “हाम्रो साथिहरुलाई आफैं सफा गरेर जान अनुरोध गर्दछु। एउटा केही पनि फोहोर रहने छैन। भोलि यहाँ फोहर गरेको भनेर चिठी नआओस्।”
Advertisement 2
उनको यो भनाइले हालै काठमाडौं महानगरपालिकाले विभिन्न सार्वजनिक कार्यक्रममा फोहोरको विषय उठाउँदै जरिवाना तिराउने काम गरिरहेको सन्दर्भलाई इंगित गर्छ।
अध्यक्ष लिङ्देनले सार्वजनिक स्थानमा सफाइको जिम्मेवारी केवल नगरपालिकाको मात्र नभई नागरिकको पनि रहेको स्मरण गराए।