सवारी दुर्घटना न्यूनीकरण तथा यौन दुर्व्यवहार विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

दिपक शाही २६ चैत २०८१ घोराही–समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत आज घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नयाँ बसपार्कमा सवारी दुर्घटना न्यूनीकरण तथा सवारी साधनमा हुन सक्ने यौन दुर्व्यवहार विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा तथा अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, यात्रु र स्थानीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।प्रहरी नायब निरीक्षक तुल बहादुर बि.क.ले सवारी दुर्घटनाको वर्तमान अवस्था, ट्राफिक नियमको महत्त्व, दुर्घटना न्यूनीकरणमा चालकहरूको भूमिका तथा सार्वजनिक सवारीमा बढ्दो यौन दुर्व्यवहार न्यूनीकरणमा चालकर सहचालकको जिम्मेवारीका विषयमा विस्तृत जानकारी दिए।कार्यक्रममा सहभागिहरूबीच सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताएका छन्।

प्रकाशित : २ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs