कलैया उपमहानगरमा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार : पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा

२७ चैत २०८१ काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रू. ७९.१ कायम गरी ठेक्का दिइएको थियो। उक्त प्रक्रियामा अनियमितता देखिएपछि आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागरदेवी फर्मा हैटौंडाका सञ्चालक विमलेश साहविरुद्ध मुद्दा दायर गरेको हो।आयोगले उनीहरू विरुद्ध रू. ५१ लाख ९९ हजार १२० बराबरको बिगो माग गर्दै कारबाहीको माग गरेको छ। फर्म सञ्चालक साहमाथि सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ लिएको आरोप पनि लगाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs