
२७ चैत २०८१ काठमाडौं । शान्ति सुरक्षाको अग्रमोर्चामा खटिने नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाविरुद्ध सामाजिक सञ्जालमा जथाभावी र अमर्यादित टिप्पणी गर्ने कमल बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।
Advertisement 1
बिष्टले आईजीपी थापाको तस्वीरसहित अमर्यादित भाषा प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोस्ट गरेका थिए। त्यसकै आधारमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनी ललितपुर निवासी हुन्।
प्रहरीका अनुसार आईजीपी थापाविरुद्ध सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने अन्य व्यक्तिहरूको पनि निगरानी भइरहेको छ। हालै राजावादीको आन्दोलनको क्रममा बल्खुमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिपछि यस्ता गतिविधि झनै बढेका छन्।
Advertisement 2
कार्यक्रममा अध्यक्ष लिङ्देनले आईजीपी थापालाई एमालेनिकट ‘युवा संघको सहअध्यक्ष’ भनी गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। एक जिम्मेवार दलका अध्यक्षले यस्ता अभिव्यक्ति दिनु प्रहरीको मनोबल कमजोर बनाउने कार्य भएको भन्दै प्रहरी संगठनभित्रै उनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग उठेको छ।