
२०८१ बर्दिया, चैत्र २७ – बाँकेको नेपालगंज र बर्दिया जोड्ने गुलरिया सडकखण्ड अन्तर्गत मानपुर नजिक आज दिउँसो करिब १:४० बजे भएको एक दुखद मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको मृत्यु भएको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत बस्नेत नेपालगंजबाट बर्दिया जाँदै गर्दा उनले चलाएको मोटरसाइकल एक ट्र्याक्टरको ट्रालीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। तुरुन्तै उनलाई नेपालगंज मेडिकल कलेजमा लगिएको भए पनि उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। यस दुर्घटनाले प्रहरी संगठनमा शोक छाएको छ।प्रहरी संगठनका अनुसार स्व. बस्नेत कर्तव्यनिष्ठ, इमानदार र अनुभवी अधिकारी थिए। उनको असामयिक निधनले सम्पूर्ण प्रहरी परिवारलाई ठूलो क्षति पुगेको छ।