कोहलपुरमा लागू औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २७, कोहलपुर (बाँके)।
कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर को सहयोगमा लागू औषध सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। मिति २०८१ साल चैत्र २७ गते सम्पन्न उक्त कार्यक्रममा कोहलपुर क्षेत्रका ३० जना किशोर–किशोरीहरुको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईले सहभागी युवाहरुलाई लागू औषधसम्बन्धी विद्यमान ऐन, कानुन र दण्ड सजायका प्रावधानहरूबारे जानकारीमूलक प्रशिक्षण दिएका थिए।कार्यक्रमको उद्देश्य युवाहरुलाई लागू औषधको दुष्प्रभाव, यसको प्रयोगले पार्ने व्यक्तिगत तथा सामाजिक असर, र कानुनी पक्षबारे सचेत गराउनु रहेको आयोजकले जनाएका छन्।

Advertisement 1

यो कार्यक्रमले लागू औषध विरुद्धको सचेतना फैलाउने विश्वास लिइएको छ।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs