
२८ चैत २०८१ काठमाडौं । नेपाल प्रहरीका ५२ जना वरिष्ठ हवल्दारहरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार प्राविधिक प्रहरी समूहअन्तर्गत सञ्चारतर्फ कार्यरत ती हवल्दारहरूको सरुवा गरेको हो।
प्रहरीका अनुसार आवश्यकतानुसार सरुवा गर्नु पर्ने भएकाले उनीहरूको सरुवा गरिएको हो। साथै, सरुवा भएका हवल्दारहरूले वैशाख महिनादेखिको तलब, भत्ता लगायतका सुविधा हाल सरुवा गरिएको दरबन्दीबाट प्राप्त गर्नेछन्।
प्रकाशित : १ हप्ता अगाडि