
२०८१ धनगढी, चैत्र २९ – जिल्ला प्रहरी कार्यालय कैलालीले ३३ ग्राम १० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।
Advertisement 1
गोप्य सूचनाको आधारमा विशेष टोली परिचालन गरी बिहीबार साँझ अन्दाजी ७ बजे धनगढी उप-महानगरपालिका वडा नं. ५, तारानगरस्थित एक स्थानबाट २५ वर्षीय तपेन्द्र शाहलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार शाहलाई शंका लागि जाँच गर्दा उनको साथबाट ३३ ग्राम १० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहले प्र.ना.नि. गजेन्द्र बहादुर चन्दको कमाण्डमा उक्त कारवाही सञ्चालन गरेको हो।
पक्राउ परेका शाहलाई आवश्यक अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।