बाँकेमा उत्कृष्ट प्रहरी इकाईलाई कदर पत्र प्रदान

२०८१ बाँके, २९ चैत – जिल्ला प्रहरी कार्यालय बाँकेले २०७८ सालमा लागू गरेको “उत्कृष्ट प्रहरी इकाई छनौट सम्बन्धी मापदण्ड, २०८१” अनुसार दुई वटा प्रहरी इकाइलाई कदर पत्र प्रदान गरेको छ।

Advertisement 1

प्रहरी चौकी बेलभार, बाँकेले प्रमुख सई प्रेम सिंह कठायतको नेतृत्वमा २०८१ सालको फागुन महिनामा उत्कृष्ट तवरले कार्य सम्पादन गरेको मूल्यांकन गरिएको छ। त्यस्तै, अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख), बाँकेले प्रमुख सई रेशम बहादुर खड्काको कार्यकालमा २०८१ सालको चैत महिनामा उल्लेखनीय कार्य सम्पादन गरेको निष्कर्ष निकालिएको हो।

उल्लेखित दुवै प्रहरी इकाईलाई “उत्कृष्ट प्रहरी इकाई” घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेबाट औपचारिक रूपमा कदर पत्र प्रदान गरिएको छ।

Advertisement 2

प्रहरीका अनुसार यी इकाइहरूले शान्ति सुरक्षाको सुदृढीकरण, आपराधिक गतिविधिको न्यूनीकरण, तथा सामुदायिक प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनमा सशक्त योगदान पुर्‍याएका छन्।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs