
२०८१ बाँके, चैत २९ – नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौको मिति २०८१।१२।२८ गतेको पत्रादेशअनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
Advertisement 1
आज मिति २०८१।१२।२९ गते, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले एक विशेष समारोहबीच बढुवा भएका प्रहरी सदस्यहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो।
कार्यक्रममा प्रमुख कार्कीले बढुवा पाएका प्रहरी कर्मचारीहरूको कर्तव्यनिष्ठा, इमान्दारीता र सेवाभावप्रति प्रशंसा व्यक्त गर्दै भावी दिनहरूमा पनि अनुशासित र जिम्मेवार भूमिकामा समर्पित रहन प्रेरणा दिनु भएको थियो।
Advertisement 2
उक्त अवसरमा अन्य प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।