बाँकेमा ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम संचालन

२०८१ चैत २९ बाँके:जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा त्यसअन्तर्गतका मातहत ट्राफिक पोष्टहरूले आज मिति २०८१ साल चैत २९ गते, जिल्लाभर विभिन्न स्थानहरूमा सवारी दुर्घटना न्यूनीकरणका लागि व्यापक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

Advertisement 1

महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, रत्न राजमार्ग र भित्री सडक खण्डका प्रमुख स्थानहरूमा सञ्चालित कार्यक्रममा चालक, सह-चालक, सवारी धनी, सर्वसाधारण, सडक प्रयोगकर्ताहरू तथा यात्रुहरूलाई सवारी दुर्घटनाका मुख्य कारण, दुर्घटनाबाट बच्ने उपाय, लेन अनुशासन तथा ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको हो।

कार्यक्रमको उद्देश्य सडक सुरक्षालाई सुदृढ बनाउँदै सवारी दुर्घटनाको संख्या घटाउने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। ट्राफिक प्रहरीले जनचेतनामूलक पम्प्लेट वितरण गर्नुका साथै प्रत्यक्ष संवादद्वारा ट्राफिक नियमको महत्वसमेत बुझाएका थिए।

Advertisement 2

प्रहरीको अनुसार यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर चलाइनेछन्।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs