बाँकेको पाँच पालिकामा छैनन् दमकल

३१ चैत २०८१ बाँके: गर्मी याम सुरु भएसँगै बाँके जिल्लामा डढेलो र आगलागीको जोखिम बढ्ने भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले सबै दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। यसका लागि समितिले जिल्लाका आठवटै स्थानीय तहलाई दमकलका चालक, इन्धन, पानी लगायत आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार दमकल जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। हाल नेपालगन्ज उपमहानगरपालिकामा तीनवटा, कोहलपुर नगरपालिकामा एकवटा र नरैनापुर गाउँपालिकामा एकवटा दमकल छन्। बाँकी पाँच स्थानीय तहसँग दमकल छैनन्।

त्यसैगरी, नेपालगन्ज विमानस्थलमा दुईवटा र नेपाल आयल निगम राँझामा एकवटा दमकल रहेका छन्, जसले जिल्लाभित्र र बाहिरको आगलागीमा काम गर्दै आएका छन्।

Advertisement 2

जिल्ला प्रशासन कार्यालयका अनुसार विपद् व्यवस्थापन समितिको बैठकले फायर इमर्जेन्सी र फायर फाइटिङसम्बन्धी तालिमका लागि आवश्यक प्राविधिक सहयोग जुटाउन डिएलएसएले सहजीकरण गर्ने निर्णय समेत गरेको छ। साथै आगलागी नियन्त्रणका लागि विभिन्न सचेतनामूलक र रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs