एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बिप्लवको दाबी

सुरक्षा सम्बादाता ०८ मङ्सिर २०८१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्ने बाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन् ।

Advertisement 1

पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै बिप्लवले सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको दाबी गरे ।

महासचिवले भने, ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ । उहाँको काम नै त्यहीमात्रै छ । जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ । बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ ।’

महासचिव विप्लवले भने, ‘एसपीपी सम्झौता गर्ने षड्यन्त्र गर्ने अनि चीनले अघि सारेको बीआरआई परियोजना चाहिँ ल्याउन दिनुहुँदैन भन्ने, जसरी पनि रोक्नुपर्छ, ऋणको पासो हो भनेर भ्रम छर्ने, अनि विदेशी सेना ल्याउने सम्झौता चाहिँ जसरी पनि पास गर्ने खेल चलिरहेको छ ।’

Advertisement 2

उनले सरकार बनाउने र ढलाउने विदेशी भन्ने नेताहरुले जनतालाई धोखा दिइरहेको जनाए ।

प्रकाशित : ४ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs