
२०८२ बैशाख ०३ काठमाडौं: मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’ सम्बन्धी आरोप सार्वजनिक भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत महिला सेलले उनीमाथि अनुसन्धान सुरु गरेको स्रोतहरूले जनाएका छन्।
Advertisement 1
प्रहरी स्रोतका अनुसार, अहिराजमाथि लागेको आरोप गम्भीर प्रकृतिको रहेको र अहिले महिला सेलकी एक महिला इन्सपेक्टरले अनुसन्धानको नेतृत्व गरिरहेकी छन्। प्रारम्भिक सूचनाका आधारमा यो घटनालाई सम्भावित ‘वाह्य सम्बन्ध’ को परिणामका रूपमा हेरिएको छ।
स्रोतअनुसार, यो मुद्दा निकै पुरानो भए पनि अहिले आएर मात्र बाहिर आएको हो।
Advertisement 2
राजेश अहिराज पत्रकारिता पृष्ठभूमिबाट आएका थिए र मधेश आन्दोलनमा समेत सक्रिय थिए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दुर्गा प्रसाईंलाई जस्तै गोकुल बाँस्कोटाको सिफारिसमा अहिराजलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए। एमाले भित्र ‘फलामले फलाम काट्छ’ रणनीतिअन्तर्गत केही मधेसी नेताहरूलाई सन्तुलनमा राख्न यो कदम चालिएको बताइन्छ।
त्यही समयदेखि एमाले वृत्तमा आलोचना उठिरहेको थियो, ‘अध्यक्षले ठीक र गलतको छुट्याउँदैनन्, हामीले भनेको सुन्दैनन्।’