५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइनसहित कैलालीबाट दुई युवक पक्राउ

२०८२ धनगढी, बैशाख ३: कैलाली प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत सोमबार दुई युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, उनीहरूबाट जम्मा ५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

Advertisement 1

प्रहरीको संयुक्त टोलीले पहिलो पक्राउ लम्की-चुहा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरीलाई धनगढी उपमहानगरपालिका–३ बोराडाँडी क्षेत्रबाट गरेको हो। शंका लागि चेकजाँच गर्दा चौधरीको साथबाट ४ ग्राम ६०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको टोलीले गोदावरी नगरपालिका–४ बसन्तपुरका १८ वर्षीय योगेश जोशीलाई गोदावरी नगरपालिका–२ पूर्व रोडमा हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा उनको साथबाट १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो।

Advertisement 2

प्रहरीका अनुसार दुबैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध सम्बन्धी अपराध विरुद्धको निगरानी अझ कडाइका साथ अघि बढाइएको जानकारी दिएको छ।

प्रकाशित : ६ दिन अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs