नेपालगंज जमुनाहबाट अबैध भन्सार छलिका सामान बरामद, एक व्यक्ति नियन्त्रणमा

२०८२ बाँके, बैशाख ०३: बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–१५ स्थित जमुनाह हनुमान मन्दिर नजिकै प्रहरीले भारतबाट अबैध रूपमा भन्सार छल्दै ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।

Advertisement 1

प्रहरीका अनुसार, २०८२ साल बैशाख २ गते राति करिब ११:०० बजे नियन्त्रणमा लिइएको उक्त सामानको मूल्य करिब १,२२,५५० रुपैयाँ बराबरको रहेको छ। बरामद गरिएका सामानहरूमा कुर्ता–सुरवाल, चिनी, धोती, माउण्टेन ड्यूज जस्ता पेय पदार्थ लगायतका उपभोग्य सामग्रीहरू रहेका छन्।

स्रोतका अनुसार, ती सामानहरू भारतबाट लुकाइछिपाई नेपाल भित्र्याई हनुमान मन्दिर नजिकै गोप्य रूपमा राखिएको अवस्थामा फेला पारिएको हो। सुराकीका आधारमा प्रहरी टोलीले स्थानमा पुगेर खोजतलास गर्दा ती सामानहरू बरामद गरेका हुन्।

Advertisement 2

प्रहरीले भन्सार छलि गरिएको ती सामानका साथ ढुवानीमा संलग्न व्यक्तिलाई समेत नियन्त्रणमा लिई, आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। बरामद गरिएको सामान र सम्बन्धित व्यक्तिलाई भन्सार कार्यालय, नेपालगंज बाँकेमा बुझाइएको छ।

यसरी भन्सार राजस्व छली गरी गरिने अबैध कारोबार नियन्त्रण गर्न प्रहरीले नियमित निगरानी र कडा कारबाहीको चेतावनीसमेत दिएको छ।

प्रकाशित : ६ दिन अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs