
२०८२ बैशाख ०३ काठमाडौं । ई–सेवाको रकम चोरी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निवासी २२ वर्षीय राहुल बुढा रहेका छन्।
Advertisement 1
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई मंगलबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो। प्रहरीले जनाएकोअनुसार, उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाउने र त्यस लिंकमार्फत उनीहरूको ई–सेवा खातामा पहुँच प्राप्त गरी रकम चोरी गर्ने कार्य गर्दै आएका थिए।
अनुसन्धानबाट खुल्न आएअनुसार, उनले ४,००० भन्दा बढी व्यक्तिको ई–सेवा खाताबाट जम्मा १ करोड २ लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेका छन्। पक्राउ परेका बुढालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।