
२०८२ बैशाख ०३ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक पुरुषलाई लछारपछार गरी दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।
Advertisement 1
विमानस्थलमा कार्यरत ती तीन प्रहरीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार, तीनै जनाको जिम्मेवारी खोसिएको छ र घटनाबारे आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ।
युएईबाट नेपाल फर्किएका मोरङका सञ्जय ओझामाथि त्रिभुवन विमानस्थलमा प्रहरीद्वारा दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटना प्रकाशमा आएको हो।
प्रकाशित : ४ दिन अगाडि