राजापुर दुर्घटना मोटरसाइकल चालकको मृत्यु पश्चात् सडक अबरुद्ध

सुरक्षा संवाददाता
१० सोमबार २०८१ राजापुर ; बर्दिया जिल्लाको राजापुर नगरपालिका -८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले आइतबार ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले सडक अबरुद्ध गराएका छन् ।  हुलाकी सडकमा चल्दै आएको लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चलाकको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement 1

फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालक राजापुर नगरपालिका -८ का ५४ वर्षीय चेतुका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भएको छ ।

गाडीका चालक बाँके नेपालगन्ज उपमहानगरपालिका -४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले न्याएको माग गर्दै सोमबार बिहान ७ बजेदेखि सडक जाम गराएपछि यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ ।

प्रकाशित : ६ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs