सुदुरपश्चिम सेवा समाज कोहलपुरको बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिबिर सोमबार सम्पन्न

सुरक्षा संवाददाता
१० मंसिर २०८१ कोहलपुर ; सुदुरपश्चिम सेवा समाज कोहलपुर बाँकेको बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिबिर सोमबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारी (न्यौपाने) को प्रमुख आतिथ्यता र समाजका संयोजक गजेन्द्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नाय उपरीक्षक धर्मराज भण्डारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्त , पुर्ब प्रहरी उपरीक्षक (एसपी) हर्क शाही , तरुण दल कोहलपुर नगर बरिस्ठ उपाध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि गौरव रावल,तरुण कोहलपुर नगर कोसाध्यक्ष मान बहादुर थापा, स्वबियु सभापति विद्यार्थी नेता देबेन्द्र बुढा अनेरास्ववियु केन्द्रिय सदस्य टोपराज जैशी लगायत बिशिस्ट ब्यक्तीत्त्वहरुको उपस्थिति रहेको हो । सोमबार सम्पन्न बृहत रक्तदान कार्यक्रम बाट ४ जना महिला ५३ जना पुरुष गरि जम्मा ५७ जनाले रक्तदान गर्नु भएको छ। पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ पोइन्ट रगत संकलन भएको साथै नि:शुल्क दन्त शिबिरमा ५० जना महिला र ८५ जना पुरुष गरि १३५जनाले विशेषज्ञ सेवा लिएको सुदुरपश्चिम सेवा समाजका संयोजक गजेन्द्र बहादुर शाहिले बताउनु भएको छ । सोमबार भएको रक्तदान साथै नि:शुल्क दन्त शिबिर जस्ता मानवीय कार्यमा सरिक हुन पाउँदा आफुहरु धेरै खुसी भएको र एस्ता कार्य गर्दै जानुपर्ने कोहलपुर डेण्टल अस्पतालका डाक्टर आस्था ढकाल र डाक्टर द्वारिका प्रसाद बजगाइले बताउनु भएको छ। सुदुरपश्चिम सेवा समाजले निकट भविस्यमा बाँके जिल्ला लगायत दुर्गमबस्तीहरुमा बिसेशज्ञ स्वास्थ्य सेवा, सामाजिक हितका क्षेत्रमा कार्य गर्दै जाने संयोजक शाहीले बताउनु भएको छ । रक्तदान कार्यक्रममा नेपालगन्ज रेड क्रस शोसाइटी र कोहलपुर रेडक्रस शाखाले प्राविधिक सहयोग गरेका हुन। कार्यक्रममा प्रमुख अथिती बसन्ती अधिकारिले एस्ता खालका मानवीय कार्यगरेकोमा धन्यवाद दिनुका साथै आगामी दिनमा समाजले सामाजिक उत्तरदायित्वका कार्य गर्दै जानू पर्ने बताउनु भएको छ।

Advertisement 1

प्रकाशित : ३ महिना अगाडि

मेयरलाई सीडीओले प्रमाण लिएर आउन चुनौती र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने चेतावनी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चरम लापरबाही

बाँकेका सिडियो रिजालको सरुवा संगै कोहलपुरका मेयर आचार्यले लागाए सौदाबाजि आरोप के साँचो हो…?

नेपालगन्ज भन्सार : कमिसन नमिल्दा कराेडाैंकाे राजस्व गुमाउँदै, सुरक्षा घेराभित्र बाट माेटरसाईकलका पार्टपुर्जा कसरी हरायाे ?

बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय आश्चर्यजनक र असम्भव – मुख्यमन्त्री आचार्य

Designed by Gorkhaly Labs