परराष्ट्र मन्त्री देउवा आज चीन प्रस्थान

सुरक्षा सम्बादाता १३ मङ्सिर २०८१ काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छन् ।

Advertisement 1

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशक समेत रहेकी वाङको निमन्त्रणमा मन्त्री राणाले यही मङ्सिर १३ देखि १५ गते सम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

Advertisement 2

भ्रमणका क्रममा परराष्ट्र मन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षी सँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उनीहरुले प्रधानमन्त्री के.पी. शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देश बीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।

Advertisement 3

परराष्ट्र मन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिस पक्राउ

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

रवि सांसदबाट निलम्बित

Designed by Gorkhaly Labs